काठमाडौं । केलियन एमबाप्पेले आठ मिनेटभित्र दुई गोल गरेपछि रियल मड्रिडले आइतबार राति रियल बेटिसलाई २–० ले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरी खेलको रियलका लागि ६७औं मिनेटमा फेडेरिको भाल्भर्डेको पासमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
७५औं मिनेटमा भिनिसियस जुनियरलाई विपक्षी खेलाडीले फाउल गरेपछि रियलले पेनाल्टी पायो। उक्त पेनाल्टीमा एमबाप्पेले गोल गर्दै २–० को जित दिलाए।
रियलले सुरुका तीन खेलमध्ये दुईमा बराबरी खेलेको थियो भने दुई राउन्डअघि बर्नाबेउमा भालाडोलिडविरुद्ध जित निकालेको थियो।
यो जितसँगै साविक विजेता रियलले आठ अंक जोडेको छ। जुन बार्सिलोनाभन्दा चार अंक कम हो। बार्सिलोना सिजनको सुरुआतका लागि चारै खेल जित्ने एक मात्र टोली हो।


