
काठमाडौं, भदौ १७ गते । जेभियर इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा जेभियरले ब्लु बर्डलाई २८–२३ ले पराजित ग¥यो । जेभियरकी पेमा डोमा शेर्पाले १३ अंक जोडिन्। सुरुका तीन क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः ८–२, ८–६ र १२–७ को अंक जोड्यो। चौथो तथा अन्तिम क्वाटरमा ब्लु बर्डले ८–० को अग्रता बनाएपनि जितका लागि पर्याप्त भएन।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले पनि जितका साथ यात्रा प्रारम्भ गरे।
गोल्डेनगेटले कान्जिरोवालाई ३८–१३ ले हरायो। गोल्डेनगेटकी सन्ध्या डंगोलले १५ स्कोर गरिन्। पहिलो क्वाटरमा १६–५ को अग्रता लिएको गोल्डेनगेटले अन्तिमसम्म त्यसलाई कायम राख्दै ६–४, ७–२ र ९–२ को प्रदर्शन ग¥यो।
ल्यान्डमार्कले ट्रिटन इन्टरनेसनल कलेजलाई ३०–१० ले पाखा लगायो । विजयी टिमका लागि साजन खत्रीले १६ अंक जोडिन्। पहिलो र दोश्रो क्वाटरमा क्रमशः १४–२ र ८–० ले अगाडि रहेको ल्यान्डमार्क तेश्रोमा ०–६ ले पछि प¥यो। चौथो क्वाटर ल्यान्डमार्कले ८–२ ले आफ्नो पक्षमा पा¥यो।
प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। फाइनल भदौ २२ गते हुनेछ।