फोडेन आयरल्यान्ड र फिनल्यान्डविरुद्धको खेल गुमाउने


काठमाडौं । इङ्ल्यान्डका मिडफिल्डर फिल फोडेन आयरल्यान्ड र फिनल्यान्डविरुद्धको नेसन्स लिगका दुई खेल गुमाउने भएका छन्।

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अस्वस्थताका कारण उनी आयरल्यान्ड र फिनल्यान्डविरुद्धको खेलमा लागि इङ्ल्यान्ड टोलीमा समावेश हुने सम्भावना नरहेको बताएका हुन् ।

सेप्टेम्बर ७ मा डबलिनमा आयरल्यान्ड र त्यसको तीन दिनपछि फिनल्यान्डविरुद्ध इङ्ल्यान्डले खेल्ने तय छ। यी दुई खेलका लागि इङ्ल्यान्डका अन्तरिम प्रशिक्षक ली कार्स्लेले २४ वर्षीय फोडेनलाई पनि टोलीमा बोलाएका छन्।

दुई साताअघि चेल्सीसँग भएको प्रिमियर लिगको पहिलो खेलमा उनी सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका थिए। सिटीका लागि उनले खेलेको यही एक खेल हो। फोडेनले इङ्ल्यान्डका लागि ४१ क्याप प्राप्त गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको