साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने


काठमाडौं । महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले काठमाडौंमा आयोजना हुने सो प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो।

नेपाल र भुटान रहेको समूहमा श्रीलंका र माल्दिभ्स पनि छन्। नेपाल र भुटानबीचको खेल अक्टोबर १८ मा हुनेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ५स्३० बजे सुरु हुनेछ।

नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्स र समूहचरणको अन्तिम खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ। नेपाल साबिकको उपविजेतासमेत हो।

अर्को समूहमा भने साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन्। पाकिस्तानले अक्टोबर १७ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। हरेक समूहमा रहेका चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको