नवीता पेरिस प्रस्थान


काठमाडौँ । नौपटककी राष्ट्रिय टेबलटेनिस च्याम्पियन नवीता श्रेष्ठ बुधबार फ्रान्सको पेरिस प्रस्थान गरेकी छन्।

टोयोटा मोटर एसिया (सिंगापुर) प्रा.लि. को निमन्त्रणामा फ्रान्समा जारी पेरिस पारालिम्पिक– २०२४ मा अतिथिका रुपमा सहभागी हुन नवीता पेरिस प्रस्थान गरेकी हुन्। नवीता टोयोटाकी ब्रान्ड एम्बासडर हुन्।

पेरिसमा रहँदा नवीताले विभिन्न खेलको अवलोकन गर्नुका साथै ग्लोबल एथलिट टोयोटा टिमसंगको अन्तरक्रियामा सहभागी हुने छिन्। नवीतासंगै उनका पति राष्ट्रिय टेबलटेनिस खेलाडी राकेश महर्जन पनि पेरिस प्रस्थान गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको