माया क्रिकेट क्लबद्वारा महेश र प्रसिदालाई प्रायोजन


काठमाडौँ । बेलायतको माया क्रिकेट क्लबले दुई प्रतिभाशाली युवा खेलाडीहरू महेश देउवा र प्रसिदा जैशीलाई एक वर्षको लागि पूर्णरूपमा प्रायोजन गर्ने भएको छ।

माया क्रिकेट क्लबले उनीहरूको सम्पूर्ण तालिम र होस्टल खर्चको व्यवस्थापन गर्ने जानकारी दिँदै, उनीहरूको क्रिकेट यात्रामा महत्वपूर्ण सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।

यस प्रायोजनले महेश देउवा र प्रसिदा जैशीलाई खेल क्षेत्रको चुनौतीहरू सामना गर्न तयार पार्न, उनीहरूको क्षमता र प्रदर्शनलाई अझ निखार्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

हामी महेश र प्रसिदा जस्ता उत्कृष्ट खेलाडीहरूलाई सहयोग गर्न पाउँदा निकै गर्व महसुस गर्छौं। उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि यो हाम्रो सानो प्रयास हो। नेपाली क्रिकेटको प्रगति र खेलाडीहरूलाई सही अवसर प्रदान गर्न हामी सँधै प्रतिबद्ध छौं। माया इभेन्ट्स र माया क्रिकेट कयोगदान प्रवन्ध निर्देशक राज पाण्डेले जानकारी दिए।

माया क्रिकेट क्लबले नेपाली क्रिकेटको भविष्यलाई उज्ज्वल बनाउन र खेलकुद क्षेत्रमा नयाँ तारा पैदा गर्न आफ्नो योगदान निरन्तर जारी राख्ने पनि प्रतिबद्धता जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको