रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी


काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी हासिल गरेको छ।

बिहिबार राति भएको खेलमा रोनाल्डोले आफ्नो खेल करियरकै ९०० गोलको कोसेढुंगा पार गर्दा पोर्चुगलले क्रोएसियाविरुद्ध २–१ गोलको जित हासिल गरेकाे हाे।

रोबर्टो मार्टिनेजको नेत्वमा रहेको पोर्चुगलको जितमा रोनाल्डो र डियोगो डालोटले गोल गरे।

यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ भने फुटबल करियरमा क्लब र देशका लागि ९०० गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।

जितसँगै समूह ‘ए’ मा रहेको पोर्चुगलले तीन अंक जोडेको छ भने पराजित क्रोएसिया अंकविहिन छ।

खेलको सातौँ मिनेटमा डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। ३४औँ मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–० को अग्रता बनायो। तर, ४१औँ मिनेटमा क्रोएसियाले उपहार गोल पायो। पोर्चुगलका डालोटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल २–१ को अबस्थामा सकियो।

त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट थप गोल नहुँदा खेलमा पोर्चुगल २–१ ले विजयी भयो। यस्तै सोहि समूहको खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको