
काठमाडौँ । युइएफए नेसन्स लिगमा साविक विजेता तथा युरोकप २०२४ को च्याम्पियन स्पेन बराबरीमा रोकिएको छ।
बिहिबार राति सर्बियाको घरेलु मैदान रेड स्टार स्टेडियम भएको नेसन्स लिगको पहिलो खेलमा पाहुना टोली स्पेन गोलरहित बराबरीमा रोकिएको हो।
खेलमा ७४ प्रतिशत बल पोजिसन बनाएको स्पोनले घरेलु टोलीमाथि गोल भने गर्न सकेन। कुल २१ सट प्रहार गरेको स्पेनलले खेलमा गोलविहिन बन्यो।
यो बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन्। गत महिना जर्मनी सम्पन्न युरोकप २०२४ को फाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले चौथोपटक उपाधि जितेको थियो।