काठमाडौं । ज्ञान निकेतन र भ्याली पब्लिकले प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। ज्ञान निकेतन ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने।
रेडियन्ट रिडर्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ज्ञान निकेतनले पुष्पसदनलाई १७–९ ले पराजित ग¥यो। ओएसिस तेश्रो भयो।
रेडियन्ट रिडर्सको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई १६–९ ले हरायो। सेन्ट मेरिज तेश्रो बन्यो। दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे।
ब्वाइजमा ज्ञान निकेतनका आशालाल श्रेष्ठ तथा गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगाना र स्कुल डाइरेक्टर लक्ष्मी न्यौपाने, ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, नेबिको प्रा.लि. प्रबन्ध निर्देशक अरुण पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ गरी ५० टिमको सहभागिता रहेको रेडियन्टका इसीए इन्चार्ज राजेन्द्र कपालीले जनाएका छन्।