शिल्पा गण्डकीबाट खेल्ने


काठमाडौं । भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पा सिन्धुले वात्साल्या एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभीयल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने भएकी छन्।

गण्डकीले उनलाई टिममा अनुबन्ध गरेको हो । शिल्पा भारतीय टिमकी भरपर्दाे खेलाडी हुन् । शिल्पाले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन महत्वपूर्ण योदान गरेकी छन् ।

नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी टिमको महत्वपूर्ण सदस्य थिइन् । २२ वर्षीय मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् । शिल्पाले भारतमा हुने दानिकुट्टी डेविड मेमोरियल एन्डोमेन्ट अवार्ड २०२३ पनि जितेकी छन् ।

गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि गण्डकीले रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग हुन लागेको हो । आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुने ईडब्लुभिएलका लागि गण्डकी तयार छ । गण्डकीले अब आफ्नो अन्तिम तथा तेस्रो विदेशी खेलाडी छिटै सार्वजनिक गर्ने टिमका प्रवन्धक विकास खेतानले तयारी छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको