मड्रिडको रोमाञ्चक जित


काठमाडौं । स्पेनिस क्ल्ब एट्लेटिको मड्रिडले युइएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित हासिल गरेको छ।

बिहीबार राति भएको खेलमा एट्लेटिकोले जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगलाई २–१ ले पराजित गरेको हो।

बराबरतर्फ उन्मुख बनेको खेलमा ९०औं मिनेटमा जस मारिया जिमानेजले गोल गर्दै एट्लेटिकोलाई तीन अंक दिलाएका थिए।

यसअघि खेलको चौथो मिनेटमै बेन्जामिन सेस्कोले पहुना टोली लाइपजिगलाई सुरुआती अग्रता दिलाए। तर, ग्रिजमनले २८औं मिनेटमा बराबरी गोल गरेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको