काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्स पुलिस क्लबलाई पराजित गर्दै पाँचाै खेलमा जित हासिल गरेको छ।
काभा महिला क्लब च्याम्पियसिप अन्तर्गत पाँचाै खेलमा पुलिसले ३–१ को सेटमा पराजित गरेको हो।
यसअघि नै फाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को तथा माल्दिभ्सको वाम्को क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो।
पुलिसको पाँच खेलबाट १४ अंक रहेको छ।


