लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा


काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदान एनफिल्डमा शनिबार सम्पन्न पाँचौं साताको खेलमा लिभरपुलले पाहुना टोली बोर्नमाउथमाथि ३–० को सहज जित हासिल गरेको हो।

लिभरपुलको जितमा लुइस डियाजले दुई तथा डार्विन नुएले एक गोल गरे।

जितसँगै जारी सिजन चौथो जित निकालेको लिभरपुल १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको साविक विजेता म्यान्चेस्टर सिटीलाई गोल अनतरको आधारमा पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्एिको हो।

खेलको २६औँ मिनेटमा लुइले गोल गर्दै लिभुपुललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेट पछि पुन लुइले गोल गर्दै अ्रगता दोब्बर बनाए।

३७औँ मिनेटमा डार्विनले गोल गर्दै पहिलो हाफमै लिभरपुललाई ३–० को आरामदायी अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल नहुँदा लिभरपुल विजयी भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको