काठमाडौं । युरोपा लिगमा म्यानचेष्टर युनाइटेडले कमजोर सुरुआत गरेको छ।
बिहीबार राति भएको खेलमा टोली एफसी ट्वेन्टीसँग १–१ को बराबरीमा रोकियो।
ओल्ड ट्राफोर्डमा क्रिष्टियन एरिक्सेनको गोलमार्फत ३५औं मिनेटमा युनाइटेडले अग्रता बनायो। तर, भ्रमणकारी टोलीका साम लामर्सले ६८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
तपाईको प्रतिक्रिया !!!


