काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि फराकिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ४–१ गोलले पराजित गरेको हो।
आर्मीको जितमा निराजन धामीले दुई गोल गरे भने पेम्बा दोर्जे लामा र किरण सुनारले समान एक–एक गोल थपे। पुलिसका लागि दशरथ गिरीले गरेको गोल सान्त्वनामै सीमित रह्यो।
पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा आर्मीले आक्रामक प्रदर्शन गर्दै थप तीन गोल गर्न सफल भयो। त्यसपछि पुलिस खेलमा फर्किन सकेन।
यस जितसँगै आर्मीले ९ खेलबाट २० अंक बनाएको छ। समान खेलबाट आठ अंक जोडेको पुलिस तालिकाको १२औँ स्थानमा रहेको छ।


