सुदूरलाई हराउँदै कोशी दोस्रो चरणमा


काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुदूरपश्चिमलाई कोशीले ४–१ ले पराजित गरेको हो।

कोशीको जितमा समीक्षा मगरले दुई तथा ममता राउत र खुस्मा राईले समान एक गोल गरिन्।

जितसँगै ९ खेलमा १४ अंक जोडेको कोशी पाँचौं स्थानमा छ। पराजित सुदूरपश्चिम भने जितविहिन बन्दै बाहिरिएको छ।

यससँगै दोस्रो चरण पुग्ने पाँचैं टोलीको टुुंगो लागेको छ। कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिकाले दोस्रो चरणको यात्रा तय गरे।

खेलको २३औं मिनेटमा ममताको गोलमार्फत कोशीले अग्रता लिएको थियो। समीक्षाले ५२औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन्। समीक्षाले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा कोशी ३–० ले अगाडि बढ्यो।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा खुस्माले गोल गर्दै टोलीदलाई सहज जित दिलाइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको