नेपाल ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै


काठमाडौं। टी२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले पहिला ओमानविरुद्ध ब्याटिङ गर्ने भएको छ।

किङ सिटीमा ओमानका कप्तान अकीब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ पाएको हो।

शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो।

क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको