काठमाडौं । इङ्लिस प्रिमियर लिगमा घरेलु टोली म्यानचेष्टर युनाइटेड पराजित भएको छ।
ओल्ड ट्राफोर्डमा दश खेलाडीमा सिमित बन्योको घरेलु टोली टोटनहममसँग ३–० गोलले पराजित भएको हो।
खेलमा युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज खराब फाउलपछि ४२औं मिनेटमा रातो कार्डको सामना गरेका थिए।
टोटनहमको जितमा ब्रेनान जनसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्केले समान एक गोल गरेका थिए।
जितसँगै टोटटनहम ६ खेलबाट १० अंकसहित आठौं स्थानमा उक्लिएको छ। खराब प्रदर्शनलाई निरन्तरता दिएको युनाइटेड समन खेलबाट सात अंकसहित १२औं स्थानमा छ। १५ अंक जोडेको लिभरपुल दोस्रो शीर्ष स्थानमा छ।


