काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजिनक गरेको छ।
टोलीको नाम सुदूरपश्चिम रोयल्स रहनेछ भने मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्।
सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँग छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एपिएफमा ८ टोलीको सहभागिता जनाउने छन्।
प्रतियोगितामा सुदूरपश्चिमसहित काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, विराटनगर जनकपुर, कर्णालीका टोलीले प्रतिस्पर्धा गर्नेछन्।


