काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा सहज जित हासिल गरेको छ।
मंगलबार भएको खेलमा सिटीले स्लोभान ब्रिटिसलभामाथि ४–० को सहज जित निकालेको हो।
ब्रिटिसलभाको मैदान तेहेल्ने पोलमा सिटीको जितमा इल्के गुन्डोगन, फिल फोडेन, एर्लिङ हालान्ड र जेम्स म्याकटीले गोल गरे।
खेलको आठौं मिनेटमा गुन्डोगनको गोलमार्फत सिटीले अग्रता लिएको थियो।
पहिलो जितसँगै दुई खेलमा चार अंक जोडेको सिटी चौथो स्थानमा छ। दुवै खेलमा पराजित ब्रिटिसलभा विना अंक ३५औं स्थानमा छ।


