बेन्फिकाको फराकिलो जित


काठमाडौं । बेन्फिकाले बुधबार राति एट्लेटिको मड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

घरेलु मैदान लिस्बनमा भएको खेलमा ब्रुनो लागेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेके हो।

बेन्फिकाको जितमा केरम अक्तुरकोग्लु, एन्जल डी मारिया, अलेक्जेन्डर बाह र ओरकुन कोक्चुले गोल गरे।

खेलको १३ औं मिनेटमा अक्तुरकोग्लुले फ्रेड्रिक और्सनेसको पासमा बेन्फिकालाई अग्रता दिलाए।

जितसँगै बेन्फिका च्याम्पियन्स लिगको नयाँ लिग चरणमा बोरुसिया डर्टमण्ड र ब्रेस्टसँगै अंक तालिकाको शीर्ष तीन स्थानमा छ। एट्लेटिको मड्रिड भने २३औं स्थानमा रहेको छ।

एट्लेटिको मड्रिडले चार वर्षपछि पहिलो पटक च्याम्पियन्स लिग खेलमा चार गोल बेहोरेको हो। यो बेन्फिकाको घरेलु च्याम्पियन्स लिग खेलमा सबैभन्दा ठूलो जितमध्ये एक हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको