काठमाडौं । गण्डकी थन्डर्सले एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्र (राखेप) कभर्डहलमा बिहिबार ललितपुर क्विन्समाथि ३–२ सेटको रोमाञ्चक जित हासिल गरेको हो।
पहिलो निकै प्रतिस्पर्धात्मक पहिलो सेट गण्डकीले २७–२९ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५–२३, २५–१२ ले आफ्नो पक्षमा पार्दा चौथो सेटमा २५–१३ ले ललिपुरलाई सुम्पिएको थियो।
त्यसपछि गण्डकीले पाँचौं तथा निर्णयक सेटमा १५–७ ले आफ्नो पक्षमा पार्दै पहिलो जित हासिल गर्यो।
जितसँगै गण्डकीले चार खेलमा चार अंक जोडेको छ।
लगातार दोस्रो हार ब्यहोरेको ललितपुरले समान खेलबाट सात अंक जोडेको छ।


