रोनाल्डोको गोलमा अल नासरको जित


काठमाडौं । साडियो मानेको दुई र कप्तान क्रिस्टियानो रोनाल्डो एक गोलमा अल नासले सहज जित हासिल गरेको छ।

शनिबार राति भएको खेलमा अल नासरले अल ओरोबालाई ३–० ले पराजित गरेको हो।

जितसँगै जारी सिजन ६ खेलबाट १४ अंक जोडेको अल नासर तेस्रो स्थानमा छ। समान खेलबाट १८ अंक जोडेको अल हिलाल शीर्ष स्थानमा रहँदा १५ अंक जोडेको अल इत्तेहाद दोस्रो स्थानमा छ।

खेलको १७औँ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अल नासरले सुरुआती अग्रता बनाएको थियो।

२९औँ मिनेटमा मानेले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए। पहिलो हाफमा २–० को अग्रता बनाएको अल नासरको लागि ७१औँ मिनेटमा मानेले दोस्रो गोल गर्दै नासरको सहज जित पक्का गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको