
काठमाडौं । ब्राजिलले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा चिलीविरुद्ध विजयी हासिल गरेको छ।
गएराति भएको खेलमा ब्राजिलले चिल्लीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
नेसनल जुलियो मार्टिनेज प्रडानोस रंगलशालामा ब्राजिलको जितमा इगोर जियुस र लुइस हेनरिक्वले गोल गरे। चिलीका लागि इडआर्डो भेर्गसले गोल गरे।
जितसँगै ९ खेलमा १३ अंक जोडेको ब्राजिल चौथो स्थानमा उक्लिएको छ। पराजित चिली समान खेलबाट पाँच अंकका साथ नवौं स्थानमा छ।
खेलको दोस्रो मिनेटमै भेर्गसको गोलमार्फत चिलीले अग्रता लिएको थियो।
अर्को खेलमा अर्जेन्टिना भेनेजुएलासँग १–१ को बराबरीमा रोकियो ।