उत्सव खड्का त्रिभुवन आर्मी क्लबको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबका प्रशिक्षक उत्सव खड्का त्रिभुवन आर्मी क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

लामो समयदेखि हेल्प नेपालमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका खड्काले लेभल–३ प्रशिक्षक कोर्स पूरा गरेका छन्। उनको प्रशिक्षणमा हेल्प नेपालले राष्ट्रिय प्रतियोगितामा दर्जनौँ स्वर्ण पदक जित्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत र कांस्य पदकसमेत हासिल गरेको क्लबले जनाएको छ।

क्लबले खड्काको योगदानको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा नियुक्त भएकोमा बधाई दिएको छ। साथै, उनको मेहनत, लगनशीलता र व्यावसायिक दक्षताले नेपाली भलिबलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको