काठमाडौं । पोर्चुगलले युइएफए नेसन्स लिगमा पोल्यान्डलाई पराजित गरेको छ।
गएराति भएको खेलमा पोर्चुगलले ३–१ को अन्तरले पराजित गरेको हो। जारी प्रतियोगितामा यो पोर्चुगलको लगातार तेस्रो जित हो।
पोर्चुगलको जितमा बर्नान्डो सिल्भा र क्रिष्टियानो रोनाल्डोले गोल गरे। जान बेडनारेकले आत्माघाति गोल गरेका थिए। यता पोल्यान्डको लागि पिओर्ट जिलिन्स्कीले गरेको गोल सान्त्वना बन्यो।
पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले १ सय ३३ औँ गोल गर्दा टोलीले पोल्याण्डविरुद्ध सहज जित हासिल गरेको ।
जितसँगै समूह ए को १ मा ९ अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ। क्रोएसिया ६ अंकसहित दोस्रो र पोल्यान्ड ३ अंकसहित तेस्रो तथा बिना अंक स्कटल्यान्ड पुछारमा छ।


