
काठमाडौं । पोर्चुगल युइएफए नेसन्स लिगमा बराबरीमा रोकिएको छ।
गएराति भएको खेलमा पोर्चुगल घरेलु टोली स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो।
यस गोलमा पोर्चुगलका लागि दुई सयौँ खेल कप्तान क्रिस्टियानो रोनाल्डोले स्कटल्यान्डको पोस्ट चार वटा सट प्रहार गरेपनि गोल भने गर्न सकेनन्।
यो बराबरीसँग जारी प्रतियोगितामा स्कटल्यान्डले पहिलो अंक जोडेको छ। चार खेलबाट एक अंक जोडेको स्कटल्यान्ड एक अंकसहित समूम ए १ मा पूछारमा छ। समान खेलबाट १० अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ।
सो समूहको अर्को खेलमा क्रोएसिया र पोल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। चार खेलबाट ७ अंक जोडेको क्रोएसिया दोस्रो तथा ४ अंक जोडेको पोल्यान्ड तेस्रो स्थानमा छ।