महिला टी–२० विश्वकप : अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै


काठमाडौँ । युएईमा जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ।

पहिलो सेमिफाइनलमा साविक विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन्। यो खेल नेपाली समयअनुसार राति ७स् ४५ बजेदेखि शुरु हुनेछ।

अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहँदै समुह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समुह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

समुह चरणमा ४ खेल खेलेको दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध हार बेहोरेको थियो।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुनेछ। उक्त खेलमा वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको