बंगलादेशविरुद्ध नेपाल पहिलो हाफ गोलविहिन


काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा घरेलु टोली नेपाल पहिलो हाफ बंगलादेशविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ।

१०औँ मिनेटमा नेपालका लागि अमिशा कार्कीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्टको माथिल्लो बारमा लागेर बल फर्किएको थियो।

सुरुआती समय आक्रमक खेल खेलेका बंगलादेशले नेपालमाथि निकै दबाब बढाएको थियो।

त्यसपछि ३८औँ मिनेटमा पुन नेपाल गोल गर्नबाट चुक्यो।

नेपालको सुरुआती–११
एन्जिता तुम्बापो सुब्बा (कप्तान, गोलकिपर), बिमला विक, अमृता जौसी, रेनुका नगरकोटे, सुरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर, अमिशा कार्की, पूजा राना


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको