श्रीलंकाले नेपाललाई दियो १२४ रनको लक्ष्य


काठमाडौँ । हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकाले नेपाललाई १२४ रनको विजयी लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर १२३ रन बनाएपछि नेपालले १२४ रनको लक्ष्य पाएको हो।

श्रीलंकाको लागि धर्मप्रिया वीराक्कोडीले सर्वाधिक ५० रन अर्धशतकीय पारी खेले भने लिहुरु मधुशंकाले ३१ रनको योग्दान गरे।

नेपालका लागि प्रतिश जिसी र नारायण जोसीले एक विकेट हात पारे।

समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको नेपालले समुह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो।

नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको