काठमाडाैं। इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा एसी मिलानले विजयी सुरुआत गरेको छ। मिलानले टोरिनोलाई २–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।
खेलको ६४औँ मिनेटमा अल्फाजो सिसेले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटमै एड्रियन राबियोले गोल गर्दै खेल २–० को अग्रता दिलाए।
त्यसपछि निर्धारित समयको अन्तिमतिर चेम एडम्सले गोल गरेपनि टोरिनो २–१ ले पराजित भयो।
जितसँगै मिलानले नयाँ सिजनको पहिलो खेलमै तीन अंक जोडेको छ भने टोरिनोले घरेलु मैदानमा हार बेहोर्दै सिजनको सुरुआत गरेको छ।