लिग वान : ‘साम्बा’ आवद्ध गुइनगाम्प ८–० ले पराजित


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोल मेसिन साबित्रा भण्डारी सम्बा आवद्ध एना भान गुइनगाम्प फ्रान्सको शीर्ष डिभिजनमा पराजित भएको छ।

शुक्रबार राति भएको खेलमा लियोनसँग गुइनगाम्प ८–० गोलले पराजित भएको हो। यस खेलमा साम्बा ६१औँ मिनेटमा मैदान प्रवेश गरेकी थिइन्।

यो पराजयसँगै सावित्रा आवद्ध एना भान गुइनगाम्प जारी लिग वानमा सात खेलबाट तीन अंकसहित पूछारमा छ। यता, विजयी लियोन भने समान खेलबाट १९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको