एक्सेल्सियरको जित

काठमाडाैं। द एक्सेल्सियर स्कुलले १२औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा एक्सेल्सियरले केभीसीलाई ४४–४० ले पराजित ग¥यो। एक्सेल्सियका निर्माण घिमिरेले १५ अंक जोडे।

सिनियर ब्वाइजमै ग्रिनफिल्डले राराहिललाई २४–२२, न्यु जेनिथले एक्सेल पब्लिकलाई २६–११, होली भिजनले बेबी एन्जललाई ४१–१६, बाल दीक्षा सदनले रेडियन्ट रिडर्सलाई ३५–२२ तथा निसर्ग वाटिकाले सभ्यता पाठशालालाई ३७–१६ ले हराए। ग्रिनफिल्डका अनिमेश बोहराले ८, न्यु जेनिथका सौगातले १०, होली भिजनका आकाश धामीले ९, बाल दीक्षा सदनका निश्चल महर्जनले १८ र निसर्ग वाटिकाका अर्नव सिंहले १२ स्कोर गरे।

सिनियर गल्र्समा राराहिलले न्यु भिजनलाई १८–३ तथा रिब्सले जेसिसलाई २१–२० ले पाखा लगाए। राराहिलकी एलिशा ओलीले ६ र रिब्सकी सुप्रिया मल्लले ७ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको