यु–१९ महिला टी–२० विश्वकप छनोट : नेपालले कुवेतसँग खेल्दै


काठमाडौं । यूएईमा जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज कुवेतविरुद्ध खेल्दै छ।

दुबईस्थित द सेभेन स्टेडियममा हुने यी दुई टोलीबीचको खेल बिहान ११:१५ बजेदेखि शुरु हुँदै छ।

प्रतियोगितामा चार खेलमा तीन जित र एक हार बेहोरेको नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो। नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यु–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको