
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक शुक्रबार बस्ने भएको छ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास ऐन २०७३ को दफा १० को उपदफा (२) र (३) बमोजिम ११८औँ बोर्ड बैठक शुक्रबारलाई बोलाएका हुन्।
मन्त्री चौधरीले आफ्नो कार्यकालमा पहिलो पटक बैठक आह्वान गरेका हुन्।
१४ महिनापछि राखेपको बोर्ड बैठक बस्दैछ।
तपाईको प्रतिक्रिया !!!