भ्याली पब्लिक बास्केटबल : ग्रिनल्यान्ड र एलआरआई प्रिक्वाटरफाइनलमा


काठमाडाै‌ँ । ग्रिनल्यान्ड र एलआरआई १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६७–६४ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सुरेश बिसीले ३४ स्कोर गरे । एलआरआईले न्युटनलाई ३४–२९ ले हरायो । सोही स्पर्धामा महेन्द्रभवनले हिमालयलाई २८–२४ ले पाखा लगायो । महेन्द्रभवनका अनिल बुढाले १२ अंक जोडे ।

जुनियर ब्वाइजमा त्रिज्योतिले ज्ञान संस्कारलाई ३०–१७ तथा एलआरआईले बागमतीलाई ९–३ ले पाखा लगायो । त्रिज्योतिका फिन्जु शेर्पाले १० तथा एलआरआईका रिदम भुजेलले ८ अंक बटुले ।

सिनियर गल्र्समा ग्रिनल्यान्डले केभीकेएसएसलाई २४–१७, भ्याली पब्लिकले रिब्सलाई ४०–१३ र डाफोडिलले त्रिज्योतिलाई १६–८ ले पन्छाए । ग्रिनल्यान्डकी न्याडिका गुरुङले ९, भ्याली पब्लिककी लोरिशा गौचनले २१ र डाफोडिलकी प्रीतिशा तामाङले ५ स्कोर गरे ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको