भ्याली पब्लिक र गोल्डेनपिक क्वाटरफाइनलमा


काठमाडौँ । आयोजक भ्याली पब्लिक र गोल्डेनपिक १८औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिकले बीएमसीएलाई २९–२६ ले पराजित ग¥यो। भ्याली पब्लिकको जितमा आर्यन गुरुङले ११ अंक योगदान गरे। युनिक तामाङको १३ अंक सहयोगमा गोल्डेनपिकले रेडियन्ट रिडर्सलाई ४२–३७ ले हरायो। अर्को खेलमा गोल्डेनपिकले जेनियमलाई २३–१७ ले पाखा लगायो।

जुनियर ब्वाइजमै इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान संस्कारलाई २७–२३ तथा पारामाउन्टले ग्रिन लाउन्सलाई १६–१४ ले पन्छ्याउँदै प्रिक्वाटरफाइनलमा पुगे। सिनियर गल्र्समा भ्याली पब्लिक ‘बी’ ले एलआरआईलाई ३१–२१ ले पराजित गरी क्वाटरफाइनलमा पुग्यो। विजयी टिमका लागि दृष्य गुरुङले २४ स्कोर गरिन्।

सिनियर ब्वाइजमा गोल्डेनपिकले डाफोडिललाई ५३–४७ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो। सोही स्पर्धामा जिनियस वल्र्डले हेम्सलाई २९–२८ तथा एलआरआईले भद्रकालीलाई ३७–२९ ले हराउँदै प्रिक्वाटरफाइनलमा पुगे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको