
काठमाडौं ।आयोजक भ्याली पब्लिक र ग्रिनल्यान्ड १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन्।
भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ५३–४९ ले पराजित ग¥यो। भ्याली पब्लिकको जितमा लाक्यप लामाले १९ अंक योगदान गरे। सुरेश बिसीको २३ अंक सहयोगमा ग्रिनल्यान्डले टीआईएलाई ५३–३९ ले हरायो।
सिनियर गल्र्समा भ्याली पब्लिकले एलआरआईलाई ३०–१६ तथा टीआईएले ग्रिनलयान्डलाई २०–८ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे। भ्याली पब्लिककी लोरिशा गौचनले १० तथा टीआईएकी एन्जिला शाहीले ८ स्कोर गरे।
जुनियर ब्वाइजमा त्रिज्योतिले भ्याली पब्लिकलाई ३७–३५ र गोल्डेनपिकले एन्जल्स हार्टलाई ३४–२८ ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे। त्रिज्योतिका नवाङ शेर्पाले ८ तथा गोल्डेनपिकका छेवाङ शेर्पाले १० अंक बटुले।