काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीलेसे काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सुखद् सुरुआत गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद शनिबारदेखि सुरु भएको प्रतियोगितामा हेल्प नेपालले भारतको क्यालिकट हिरोज र एचडिसीले नेपालको गण्डकी प्रदेशलाई पराजित गरेको हो।
दिनको पहिलो खेलमा हेल्प नेपालले ३–२ सेटको रोमाञ्चक जित निकाल्यो। पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २०–२५ ले गुमायो।
तेस्रो सेट २५–२२ ले जितेको हेल्प नेपालले चौथो सेट २६–२४ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो।
पाँचौं तथा निर्णायक सेट १५–१० ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले सुखद सुरुआत गर्यो।
दिनको दोस्रो तथा अन्तिम खेलमा एचडिसीले ३–२ सेटको रोमाञ्चक पुनरागमन जित निकाल्यो।
सुरुआती दुई सेट १८२–५, २३–२५ ले गुमाएको एचडिसीले त्यसपछिका तीन सेट २५–२३, ३०–२८, १५–१३ ले आफ्नो पक्षमा पार्यो।
जितसँगै दुवै टोलीले दुई अंक जोड्दा पराजित टोलीको खातामा पनि एक अंक रह्यो ।


