महिला लिगको दोस्रो चरण पुस १८ बाट


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिगको दोस्रो चरण आगामी पुस १८ देखि माघ १६ गतेसम्म गर्ने भएको छ।

एन्फा र लिगमा सहभागि टिमका शीर्ष पाँच क्लबहरुबीच मंगलबार एन्फा मुख्यालयमा बसेको बैठकले दोस्रो चरणको मिति तय गरेको हो।

पहिलो चरणबाट तीन विभागीय टोली नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित वालिङ नगरपालिका र कोशी प्रदेशले सुपर लिगमा स्थान बनाएका थिए। तर, आर्थिक अभावको कारण कोशीले नाम फिर्ता लिएका करण बगमती युवा क्लबले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ।

सुपल लिगबाट शीर्ष चार टोली प्ले अफका लागि छनोट हुनेछन्। शीर्ष दुई टोली पहिलो क्वालिफायर तथा तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।

पहिलो क्वालिफायर विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउने छ। पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको