काठमाडौं । आयोजक जेबी स्कुल र पारामाउन्टले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् ।
बूढानीलकण्ठ ६, च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले न्युटनलाई २४–१८ ले पराजित ग¥यो । जेबीको जितमा भुवन चौलागाईंले ४ अंक योगदान गरे । सुदिप घलेको १३ अंक सहयोगमा पारामाउन्टले नाम्सलाई ४४–१२ ले सहजै हरायो ।
जुनियर ब्वाइजमै हिमरश्मिले ओडिसीलाई ३१–१६ ले पाखा लगायो । हिमरश्मिका आयुश पोखरेलले ८ स्कोर गरे । सिनियर गल्र्समा लालीगुराँस नेसनल एकेडेमी, एन्जल्स हार्ट र न्युटनले सफलता पाए । लालीगुराँसले जेबीलाई २६–१८, एन्जल्स हार्टले स्किब्सलाई १७–१५ र न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–२१ ले पन्छाए । लालीगुराँकी सिमरन महर्जनले ७, एन्जल्स हार्टकी सुप्रिया पुनले १० र न्युटनकी इरेना राणाले ८ अंक जोडे ।
प्रतियोगिताको पूर्व मन्त्री रेशम लामाले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनल पुस २ गते हुनेछ ।