युनिभर्सल र दर्शना विजयी

काठमाडाैँ । युनिभर्सल र दर्शना सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र बास्केटबलमा बिहीबार विजयी भएका छन् ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा युनिभर्सलले एपेक्स लाइफ स्कुललाई ११–६ तथा दर्शनाले विपुल पाठशालालाई ७–६ ले पराजित गरे ।

सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलको कोर्टमा भएको अन्य खेलमा साइन मोडलले प्रोग्रेसिभलाई १०–६, अच्मीले फ्युचर स्टारलाई १९–८, ग्रिन लन्सले काठमाडौं सेन्ट्रललाई २१–१४, हिमालीले ग्रिनफिल्डलाई १९–१७, नेरिक एकेडेमीले अर्किडलाई २९–४ र माउन्ट कैलाशले भीमेश्वर एकेडेमीलाई २६–१५ ले हराए । कान्तिपुरले केइएबाट वाक ओभर पायो ।

खेलुकद सप्ताहअन्तर्गत बास्केटबल अन्तिम प्रतियोगिता हो । ४ खेल समावेश खेलकुद सप्ताहमा यसअघि छात्र फुटसल, छात्र÷छात्रा कबड्डी र तानडोरी सम्पन्न भइसकेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको