मातृभूमि र इनोभेटिभ फाइनलमा

काठमाडाैँ । आयोजक मातृभूमि निलो र इनोभेटिभ मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार फाइनलमा प्रवेश गरेका छन्।

मातृभूमि नीलोले निस्ट ‘ए’ लाई २९–२५ ले पराजित ग¥यो । मातृभूमिको जितमा वर्षा कार्कीले १३ अंक योगदान गरिन्। रोहिनी श्रेष्ठको ५ अंक सहयोगमा इनोभेटिभले निस्ट ‘बी’ लाई २०–७ ले हरायो।

सिनियर ब्वाइजमा ज्ञान निकेतनले अक्षरिकालाई ५५–५३ तथा बौद्ध इन्टरनेसनलले मातृभूमि निलोलाई ६४–५९ ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे। ज्ञान निकेतनका आशालाल श्रेष्ठले २१ तथा बौद्धका आरोहण श्रेष्ठले ३६ स्कोर गरे।

जुनियर ब्वाइजमा ज्ञान निकेतनले ओम ज्ञान मन्दिरलाई ३५–२२ तथा मातृभूमि रातोले एभरेष्टलाई ४१–१८ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे। ज्ञान निकेतनका दिप्सन अधिकारीले २२ तथा मातृभूमिका सक्षम महर्जनले २१ अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको