एसिया कपमा पाकिस्तानमाथि नेपालको एतिहासिक जित

काठमाडौं । नेपालले एसिसी महिला यु–१९ एसिया कपमा पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको छ।

मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तान सोमबार भएको खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको हो।

नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो। पकस्तिानले दिएको १०५ रनको लक्ष्य नेपालले ९।१ ओभरमा चार विकेट युमाएर पूरा गर्यो।

नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन्। यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाइन्।

पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए।

नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको