काठमाडाैँ । आयोजक हिमरश्मि नीलोले प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ ।
तार्केश्वर नगरपालिका ९ स्थित घरेलु कोर्टमा हिमरश्मि नीलोले गणेश कलेजलाई २५–१२ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो । सोही दिन हिमरश्मिको रातो टोलीले पनि २ खेल खेलेकोमा दुवैमा पराजय व्यहो¥यो । ओरियन्टले हिमरश्मि रातोलाई २५–२१, १८–२५ र १५–११ तथा एनआर कलेजले हिमरश्मि रातोलाई २५–२०, २०–२५ र १५–६ ले हरायो ।
अन्य खेलमा गीताञ्जली कलेजले कालीदेवी माविलाई २८–२६ र २५–१४, ग्रामिण मल्टिपल क्याम्पसले ग्राम सेवालाई २५–२१ र २५–१९, जय मल्टिपल क्याम्पसले पासाङ ल्हामुलाई २५–११ र २५–१७, लालीगुराँसले प्रारम्भलाई २१–२५, २५–२१ र १५–९ तथा न्युटनले चाणक्यलाई २५–१६ र २५–१२ ले पाखा लगाए ।
प्रतियोगिताको तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । लिग कम नकआउट प्रतियोगितामा २१ टिम सहभागी छन् ।


