हिमरश्मि र लालीगुराँस प्रिक्वाटरफाइनलमा


काठमाडौं । आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो। पहिलो खेलमा हिमरश्मिले गणेश कलेजलाई सीधा सेटमा २–० ले हराएको थियो। सोही समूहको अर्को खेलमा एन्जल्स हार्टले गणेशलाई २५–१४ र २५–१५ को सोझो सेटमा हराउँदै उपविजेताका रुमा प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो।

दोहोरो जित निकालेको लालीगुराँसले गीताञ्जलीलाई २५–१९ र २५–२१ तथा कालीदेवी माविलाई २५–१३ र २५–२३ को सोझो सेटमा पाखा लगाउदै समूह ‘बी’ को विजेता भयो।

एनआर कलेजले ओरियन्टलाई २५–२० र २५–२१, ग्लेसियरले ग्राम सेवालाई २३–२५, २५–१९ र १५–१३ र ग्रामिण बहुमुखी क्याम्पसलाई २३–२५, २५–२१ र १६–१४ तथा सेन्ट लरेन्सले मानसिंह माविलाई २५–११ र २५–२१ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

यससँगै प्रिक्वाटरफाइनल समीकरण पनि तयार भएको छ। प्रिक्वाटरफाइनल एनआर र ग्रामिण, लालीगुराँस र एन्जल्स हार्ट, ग्लेसियर र ओरियन्ट तथा हिमरश्मि नीलो र गीताञ्जलीबीच हुनेछ। अन्यमा सेन्ट लरेन्सले प्रारम्भ, जय मल्टिपल क्याम्सले चाणक्य, युनिग्लोबले मानसिंह तथा न्युटनले पासाङ ल्हामुविरुद्ध खेल्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको