नेपाल र श्रीलंकाबीचको खेल रद्ध

काठमाडौँ । । एसिसि यु–१९ महिला एसिया कप सुपर फोर अन्तर्गत श्रीलंका र नेपालबीचको खेल रद्ध भएको छ।

मलेसियाको किन्नारा ओभलमा भएको खेल भारी बर्षको कारण खेल रद्ध भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो ओभरमा एक विकेट गुमाएर एक रन बनाएपछि खेल बर्षाको कारण रोकिएको थियो। नेपालका लागि कप्तान पूजा महतोले पहिलो ओभरको पाँचौँ बलमा विकेट लिएकी हुन्।

यस्तै नेपालले अब शुक्रबार बंगलादेशको सामना गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको