एन्जल्स हार्ट र न्युटन क्वाटरफाइनलमा


काठमाडौं । एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२० र २५–२१ तथा न्युटनले पासाङ ल्हामुलाई २५–२३ र २५–१२ को सोझो सेटमा पराजित गरे।

नेपाल राष्ट्रिय कलेजले ग्रामिणलाई २५–१६ र २५–२१, ग्लोसियरले ओरियन्ट कलेजलाई २५–१८, २१–२५ र १५–११, आयोजक हिमरश्मिले गीताञ्जलीलाई २५–२२ र २५–२०, सेन्ट लरेन्सले प्रारम्भलाई २५–१० र २५–१७, जय मल्टिपल क्याम्पसले चाणक्यलाई २२–२५, २५–१२ र १५–१३ तथा युनिग्लोबले मानसिंहलाई २२–२५, २५–१२ र १५–१० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

क्वाटरफाइनल हिमरश्मि र ग्लेसियर, नेपाल राष्ट्रिय र एन्जल्स हार्ट, न्युटन र युनिग्लोब तथा सेन्ट लरेन्स र जय मल्टिपलबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको