काठमाडौं । नेपाल भ्रमणमा रहेको हङकङ यू–१९ टिमलाई हराउँदै नेपालले तीन खेलको एक दिवसीय शृंखला क्लीन स्वीप गरेको छ।
शुक्रबार भएको तेस्रो खेलमा नेपालले दिएको २६६ रनको लक्ष्य पछाएको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाएपछि नेपाल १३० रनले जित हासिल गरेको हो।
यसअघि नेपालले पहिला ब्याटिङ गर्दै सुर्यान्शु कोइरालाको ६०, कप्तान अभिषेक तिवारीको ५६ र सन्तोष यादवको ५३ रनको मद्धतले ४९.१ ओभरमा अल आउट हुँदै २६५ रन बनाएको थियो।
नेपालले पहिलो खेलमा ३ विकेट र दोस्रो खेलमा २२६ रनले जित हासिल गरेको थियो।