मार्वलसको दुई टोली सेमिफाइनलमा


काठमाडौँ । मार्वलसको दुई टोली १३औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। मार्वलसको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगे।

मध्य क्षेत्रीय प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा मार्वलसले स्वप्न वाटिकालाई ४०–३२ ले पराजित ग¥यो। मार्वलसको जितमा रोहित दाहालले १५ अंक योगदान गरे। जुनियर ब्वाइजको क्वाटरफाइनलमा नवीन कार्कीको १७ अंक सहयोगमा मार्वलसले अवेरनेस इन्टरनेसनल एकेडेमी ९एआईए० लाई ४५–२८ ले हरायो।

सिनियर ब्वाइजमा एआईएले काठमाडौं जेभियर्स पब्लिकलाई ३९–३१, सनसाइनले अल्वर्टलाई ८२–१८ र हेम्सले अक्षरलाई ४६–२६ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। एआईएका सुबोध केसीले १६, सनसाइनका सोनाम तामाङले ४१ र हेम्सका सुशांक आचार्यले १७ स्कोर गरे।

जुनियर ब्वाइजमा हेम्सले स्पाङ्गेललाई २८–१६, काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४६–१३ र सनसाइनले लिटिल फ्लावरलाई ४९–२३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए। हेम्सका प्रेनिश दासले १४, काठमाडौं जेभियर्सका अनमोल कुशुवारले २६ र सनसाइनलका ऋतिक गिरीले ४६ अंक जोडे।

सिनियर गल्र्समा काठमाडौं जेभियर्सले स्पाङ्गेललाई ३२–१०, एसियन पब्लिकले श्रृजन्शिललाई १२–४, लिभरपुलले स्वप्न वाटिकालाई १२–७ र इनोभेटिभले चैतन्य शिक्षा संस्कारलाई १९–६ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे। काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले १८, एसियन पब्लिककी आकृति माझीले ५, लिभरपुलकी मर्फिना गुरुङले ४ र इनोभेटिभकी विद्या कुमालले ६ अंक बटुले।

सेमिफाइनलदेखिका सम्पूर्ण खेलहरु शंखमूलस्थित लिभरपुल स्कुलमा हुनेछ। यसअघि जुनियर ब्वाइज र सिनियर गल्र्सका खेलहरु नयाँ बानेश्वरस्थित काठमाडौं जेभियर्समा भएका थिए। लिभरपुलमा सिनियर ब्वाइजका खेल खेलाइएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको